भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आज (सोमबार) नेपाल आउँदै हुनुहुन्छ । उहाँ दुईदिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आउन लाग्नुभएको हो । क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ भ्रमण मिति शुक्रबार घोषणा गरेका थिए । नेपाल भ्रमणका क्रममा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । ‘दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण हुन लागेको बताइएको छ । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीति दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ । विदेश सचिव हुनुअघि उहाँ नेपालमै राजदूत हुनुहुन्थ्यो ।

प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो औपचारिक उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका बेला क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ । विदेश मन्त्रालयले भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको जनाएको छ ।

ADVERTISEMENT

राष्ट्रपति निर्वाचनको मुखमै छिमेकी भारतका विदेश सचिवले यहाँका नेतासँग कुराकानी गर्न लाग्नुभएको हो । नेपालमा अमेरिकालगायत पश्चिमा देशले पछिल्लो समय बढाएको सक्रियताप्रति भारत सशंकित छ ।

पछिल्लो दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो । त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि आज (सोमबार) नै नेपाल आउँदै हुनुहुन्छ । क्वात्रा आएकै दिन अमेरिकी उच्च अधिकारी नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले क्वात्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भनेको छ । ‘यो भ्रमण दुई मित्रवत छिमेकीबीच हुने नियमित भ्रमणकै निरन्तरता हो’ परराष्ट्रले भनेको छ । भ्रमण सकेर भारतीय विदेशसचिव क्वात्रा मंगलबार स्वदेश फर्किनु हुनेछ ।

भारतीय सेनाका स्थल अध्यक्ष पनि आउँदै
भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे पनि नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाको निमन्त्रणमा चारदिने भ्रमणका लागि उहाँ नेपाल आउन लाग्नुभएको हो । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले सेना दिवसका अवसरमा भारतीय स्थलसेना अध्यक्षसहित नेपाली सेनाको मानार्थ सेनापतिको पदवी पाउने सबैलाई निमन्त्रणा गरिएको र एक दुई दिनभित्रै कोको आउने भन्ने विषयमा भन्न सकिने बताउनुभयो ।

भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रोपटक नेपाल आउन लाग्नुभएको हो । यसअघि गत भदौ १९ गते पाँचदिने नेपाल भ्रमणमा उहाँ आउनुभएको थियो । उहाँले त्यसबेला मानार्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्किनुभएको थियो । नेपाल र भारतका सेना अध्यक्षहरू एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?