नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले आफ्नो नयाँ रकेट, स्माल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ ।
१२० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समयानुसार बिहान ९ः१८ बजे दक्षिणी भारतीय राज्य आन्द्र प्रदेशस्थित बंगालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो । गत वर्ष अगष्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिक मात्रामा मात्र सफल भएको थियो । रासस/सिन्हृवा ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता