हेलिकोप्टरमार्फत गर्भवतीकाे उद्धार

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । जिल्ला अस्पताल कालीकोटबाट एक जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

शुक्रबार दिउँसो साढे ३ बजेतीर नन्दालाई थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

ADVERTISEMENT

स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चा भन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अध्याधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनुभयो ।

उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयूमा राख्नुपर्ने भएकाले उद्धार गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?