शीतल निवासमा सांसदहरूलाई आज राष्ट्रपतिको बिदाई भोज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार )सबै सांसदलाई शीतल निवासमा बोलाउनुभएको छ ।

दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको छ । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई डाकेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाउनुभएको हो ।

यसलाई राष्ट्रपतिको बिदाई भोजको रुपमा हेरिएको छ । भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *