सेगवेको नयाँ स्कुटर

Read Time = 2 mins

काठमाडौ । सेगवे नाइनबटको नेपालस्थित आधिकारिक बिक्रेता आइहब प्रालिले नयाँ विद्युतीय स्कुटर ‘एन-१००’ सार्वजनिक गरेको छ । एन सिरिजअन्तर्गत सार्वजनिक हुने एन १०० पहिलो स्कुटर हो । एन १०० शहरी क्षेत्रका लागि विशेष आधुनिक विशेषता समावेश गरी तयार पारिएको कम्पनीले जनाएको छ । नयाँ एन १०० को मूल्य भने दुई लाख ६० हजार रहेको छ तर तत्कालै स्कुटर खरिद गरेमा १० हजार रुपैयाँ छुटको व्यवस्था छ ।

कम्पनीका अनुसार सेगवे नाइनबटको एन १०० ७२ विद्युतीय मोटरसाइकल हो, जसमा छिटो र प्रभावकारी यात्राका लागि उच्च कार्यक्षमता समावेश गरिएको छ । एन १०० मा दुई हजार दुई सय वाटको अधिकतम् पावर सेगवे कस्टमाइज्ड बुसलेस मोटर जडित रहेको छ भने एकपटकको चार्जमा एक सय पाँच किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।

ADVERTISEMENT

एन १०० मा कम्प्याक्ट डिजाइनका अत्याधुनिक मोबाइल एपसहितको प्रविधि जडान गरिएको छ । सवारी चालकको गति, यात्रा गरेको दूरी र ब्याट्री लाइफ ट्याक गर्न सकिन्छ । एन १०० को टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने स्कुटर घरको सकेटमा चार्ज गर्न सकिन्छ । कम्पनीले एक साताका लागि ललितपुरको झम्सिखेलस्थित सेगवे शोरुममा रमाइलो कार्निभलसमेत आयोजना गरेको छ । फागुन ५ गतेसम्म सञ्चालन हुने कार्निभलका अवसरमा विभिन्न मोडलका स्कुटर टेस्ट राइड गर्न सक्ने सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज