काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीस्थित शोरुमलाई स्तरोन्नति गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले शोरुमको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।
सामसुङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गतको सहायक खुद्रा बिक्रेता हो, जहाँ सामसुङ होम एप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका उत्पादन रहेका छन् । नेपालमा सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक आयातकर्ता र वितरक हिम इलेक्ट्रोनिक्सले उच्च नवीन र गुणस्तरीय सेवाका साथ देशभरका ग्राहकलाई सेवा दिने लक्ष्य लिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता