काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेकाविषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि रहेको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गर्नु भयो । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिनु भयो । उहाँले भन्नु भयो, ‘राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि अझै पनि सुत्केरी महिलाहरुको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो, संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरु पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि छ । हामीले जुन सोचका साथ लैगिक विकासका अवधारणा अघि सारेका थियौं । त्यो परिणाम प्राप्त भएको छ, छैन ? सो को यथार्थ समिक्षा गरी अघि बढनु पर्दछ भन्ने मलाई लाग्दछ । विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन ? यसैगरी महिला स्वास्थ्यमा समेत प्रशस्त लगानी गरिएको छ । तर रोगप्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन वा छैनन ? विचारणीय छ । अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भईरहेका छन ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यीनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्दछु ।’
राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements