काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा सुरू भएको छ। लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेसन आजबाट सुरू भएको हो।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गर्नुभएको छ। तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसक्नुभएको छ ।
पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।
शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।














This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts