कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : बिजुक्छे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बिजुक्छेले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको हो । बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने पनि टिप्पणी गर्नुभएको छ । प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरू केही पनि नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली कांग्रेसले त्यो बाटो अपनाएको हो कि ? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरू छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो । र, कार्यक्रम घोषणापत्र हामीले निर्वाचनको बेलामा पाउँछौँ नि । त्योभन्दा तलमाथि जाने गर्नुहुँदैन । जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्योभन्दा तलमाथि हामीले गर्न मिल्दैन । राजनीतिक पार्टीहरूको अहिलेको जुुन गठबन्धन छ । त्यो पनि प्रजातान्त्रिक गठबन्धन होइन । चुनावभन्दा अगाडि नै गठबन्धन बनाउन नहुने हो । गर्ने हो भने घोषणापत्रको आधारमा गठबन्धन गर्नुुपर्ने हो । प्रचण्डजीको नेतृत्व छ भने उहाँको घोषणा पत्रअनुसार त सबै पार्टीहरू जानेवाला छैन ।’

ADVERTISEMENT

बिजुक्छेले संसद्मा जनसरोकारका विषय र आफ्ना विचारहरूका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसद्मा सभामुखले रोक्नु गलत भएको पनि बताउनुभयो । चुनाव अघि र पछि पनि साझा घोषणा पत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने बिजुक्छेको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *