काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ ।
आज (सोमबार) बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बालुवाटारमा बोलाउनुभएको हो ।
बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाईएको हो ।
आइतबारमात्रै सत्तारूढ दलको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts