खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।
सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुर्य माबि सुंदेलमा सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, वाल क्लव, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
युवा, महिला तथा वालबालिका अवस्थाका नागरिकलाई सुर्तिजन्य पदार्थको प्रयोगबाट बचाउन, धुम्रपान तथा सुर्ति सेवनले आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा पर्ने नकारात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिबृद्धि गर्न, सुर्तिजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीलाई धुम्रपान तथा सुर्ति सेवन गर्न छाडे हृदयघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्वन्धी समस्या कम हुने, मुख, दाँत, गिँजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुनेलगायतका विषय वारे जानकारी दिइएको छ ।
कार्यक्रम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवकुमार राईको अध्यक्षता एबं सुर्य माबिका प्रअ ललितचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । स्वास्थ्यचौकी सुंदेलका प्रमुख रामप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा हेल्थअसिस्टेन्ट मुडामणी जैसीले स्वागत मन्तव्य दिएका थिए ।
सन् २०२० को बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण बिश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ । बिश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोश्रो नम्बरमा पर्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts