हवाई भाडा घटाएर पर्यटन प्रवद्र्धन गर्न सुझाव

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगका समस्याबारेमा ध्यानाकर्षण गराएको छ । सिएनआईले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीनरूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा ध्यानाकर्षण गराएको हो ।

उपाध्यक्ष राजबहादुर शाहले सिएनआईले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराउँदै नेपालको हवाई भाडा अत्यन्त महँगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृतरूपमा विदेशी पर्यटक आउन नसकिरहेको बताउनुभयो । हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि पनि उहाँले आग्रह गर्नुभयो । उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सिएनआईले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आएको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो ।

ADVERTISEMENT

परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफलरूपमा सञ्चालनका लागि हवाई रुट अभावमा चुनौती देखापरेको विषयमा पनि सिएनआईले ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगद सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यका रूपमा विकास एवं प्रवद्र्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन पाउने र लैजान पाउने व्यवस्थामा सहजीकरण गरिदिन पनि सिएनआईले ध्यानाकर्षण गराएको छ । मन्त्री किराँतीले युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल सुरु गरिसकेको जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज