भौतिक पूर्वाधार मन्त्रालयद्वारा कार्यदल गठन

Read Time = 2 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुशासन सुधार सुझाव कार्यदल गठन गरेको छ । मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर प्राडा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको हो । कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय विज्ञका रूपमा डा. लिना गुरुङ सदस्य रहनुभएको छ भने सदस्य-सचिवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुपरीटेन्डेन्ट इञ्जिनियर अर्जुनप्रसाद अर्याल हुनुहुन्छ ।

ADVERTISEMENT

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जिनियरिङ सेवा व्यवस्थापन (इञ्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रही एक महिनाभित्र सुझाव प्रतिवेदन पेश गर्न भनिएको छ । कार्यदलले सेवा प्रवाह चुस्त, दुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशीलता अवलम्बन गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज