बागलुङमा एक पुरुषले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गंगाबहादुर थापाले जानकारी दिनुभयो । उनकाे शरीर तथा अनुहार लगायत विभिन्न अंग जलेको थापाले बताउनु भयो ।

ADVERTISEMENT

जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न लागिएकोे सूचना अधिकारी थापाको भनाई छ । उनको अवस्था गम्भीर छ ।

आत्मदाहको कारण भने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *