पाकिस्तानको मस्जिदमा भएको विष्फोटमा कम्तीमा ९० को मृत्यु

Read Time = 2 mins

पेशावर । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विष्फोटको भग्नावशेषबाट मंगलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र पछिल्लो समयसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो ।

अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमण लगातार बढिरहेको छ । मंगलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भन्नुभयो, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नका लागि सबै आशा गुमाएको थिए ।’ पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको एएफपीलाई बताउनुभएको छ । १५० भन्दा बढी घाइते भएका अधिकारीले बताएका छन् ।

ADVERTISEMENT

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भन्नुभयोे कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये तीन सयदेखि चार सयजना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।

‘हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौं ताकि हामी थप शवहरू निकाल्न सकौँ, तर हामी कोही पनि बाँचेकाहरू फेला पर्ने आशामा छैनौँ,’ प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले एएफपीलाई बताउनुभयो । ‘प्रार्थना सुरु गरेको केही सेकेण्डपछि विष्फोट भएको र ‘मैले कालो धुवाँ आकाशमा उठेको देखेँ, म आफ्नो ज्यान बचाउन बाहिर भागेँ’, ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले भताउनुभयो । एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?