सेयर बजारमा उच्च गिरावट

Read Time = 3 mins

काठमाडौं । सोमबार सेयर बजार ४१.०१ अंकले घटेर २१२७.५२ अंकमा झरेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.३३ अंकले घटेर ४०२.९८ मा झरेको छ । कारोबार भएका कुल १३ समूहका सूचक घटेका हुन् । कारोबार भएका कुल कम्पनीमध्ये नौ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन कुल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको हो । आइतबार तीन अर्ब एक करोडको सेयर कारोबार भएकोमा सोमबार २९ करोडले कारोबार बढेको हो ।

कारोबारका आधारमा शीर्षस्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७ करोड ६५ लाख ४० हजारको सेयर कारोबार भएको छ । रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार आठ सय सात, पिपुल्स पावर कम्पनी नौ करोड ५६ लाख २९ हजार छ सय ९७, माथिल्लो तामाकोशी नौ करोड ३५ लाख ९२ हजार आठ सय ८८ र अपि पावर कम्पनीको सात करोड ७७ लाख ९३ हजार नौ सय ७२ कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

ADVERTISEMENT

लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर ६.५६, सूर्यज्योति लाइफ इन्स्योरेन्स ५.१४ र पिपुल्स हाइड्रोपावरको सेयर ५.०३ प्रतिशतले बढेको छ भने युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ७.१४, श्वेतगंगा हाइड्रोपावर ६.७१, सगरमाथा इन्स्योरेन्स ६.४४, सयपत्री हाइड्रोपावर ५.८० र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज