प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा उहाँहरूबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरू आन्दोलनमा उत्रिएका छन् ।

ADVERTISEMENT

निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएकोमा आन्दोलनसमेत भएको छ।

साहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहनुभएको छ । साहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *