काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।
सुन्तला १४० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । हरियो अंगुर १८०, अम्बा १२०, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । कन्य च्याउ प्रतिकेजी १३० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ ।
ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।
तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैया, हरियो खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ प्रतिकेजी रहेकाे छ ।
राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला ७० रुपैयाँ, प्याज हरियो १२० रुपैयाँ, सुकेको प्याज ४० रुपैयाँ, भिण्डी १३० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts