भारतीय वायुसेनाको दुई फाइटर विमान आपसमा ठोक्किएर दुर्घटना

Read Time = 1 min

न्यूदिल्ली । भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किएका छन् । शनिबार बिहान सुखोई-३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई-३० एमकेआई र मिराज-२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए ।

ADVERTISEMENT

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । बस्तीनजिक जंगल क्षेत्रमा विमान दुर्घटना भएपछि त्यहाँ केहीबेर नागरिकको भागदौड मच्चिएको थियो । विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज