काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता लिने प्रक्रियागत त्रुटिका कारण अनागरिक भएसँगै पद विहीन हुन पुग्नु भएको छ ।
शुक्रबार सर्वोच्च अदालतले उहाँले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उहाँ अनागरिक हुनुभएको हो । नागरिक नै नरहेपछि उपप्रधान तथा गृहमन्त्री र सांसद पद पनि उहाँले गुमाउनुभएको छ । शुक्रबार नै रविले मन्त्री पदबाट पनि राजीनामा दिएर सरकारी निवासबाट निजी निवास जानु भएको छ ।
यसैबीच उहाँका दाजु हरिशरण लामिछानेले आज सामाजिक संजाल फेसबुकमा भाइ रविसहितको आफ्नो एउटा फोटो पोष्ट गर्नुभएको छ ।
उक्त फोटोसँगै उहाँले फेसबुक स्टाटस मार्फत एउटा ढोका बन्द हुँदा हजार ढोकाहरु आफैँ खुल्नेछन् भन्नु भएको छ ।
लामिछानेले सबैलाई धैर्य र शान्त बन्दै आशावादी बन्न पनि आग्रह गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा