रगत निःशुल्कः स्थानीय तहको प्रतिबद्धता कागजमा सिमित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवाले तिन वर्ष देखि निःशुल्क रुपमा बिरामीलाई रगत उपलब्ध गराउँदै आएको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुबाट डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारका लागि आउने विरामीलाई अत्यावश्यक हुने बिभिन्न रक्त समूहका बिरामीलाई निःशुल्क रुपमा रगत दिदै आएको नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवाले जनाएको छ ।

गत आर्थिक वर्षमा ७५० र चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म रगत संकलनको बितरणसहित ४१५ जति पिन्ट बिरामीलाई निःशुल्क रगत दिदै आएको भए पनि कर्मचारी परिचालन र प्रशासनिक खर्चको आर्थिक अभावले सेवा प्रभावित हुने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति मदनराज चटौतले जानकारी दिनुभयाे ।

सात पहाडी जिल्लाको एक मात्र भरपर्दो अस्पताल नजिकै रहेको रक्त सञ्चार सेवालाई प्रभाबकारी बनाउन तिन वर्ष अगाडी डडेल्धुराका स्थानीय तहहरुले सेवालाई निरन्तरता दिन वार्षिक एक लाख विनियोजन गर्ने निर्णय गरे पनि अहिले सम्म बजेट उपलब्ध नगराउँदा रक्त सञ्चार सेवा दिगो नहुने सभापति चटौतको भनाई छ ।

उहाँका अनुसार तिन वर्ष अगाडी जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुले रक्त सञ्चार सेवालाई निःशुल्क बितरण र दिर्घकालिन सेवा बिस्तार गर्न स्थानीय तहको आर्थिक लगायत समन्वयकारी सहयोग रहने प्रतिबद्धतासहितको निर्णय गरेका थिए, त्यस मध्ये अजयमेरु र भागेश्वर गाउँपालिका बाहेक अरु स्थानीय तहहरुले एक लाखका दरले आर्थिक सहयोग दिए पछि अहिले सम्म संचालनमा सहजता भएको बताए ।

ADVERTISEMENT

पहिलो वर्ष सहयोग गरेका थिए त्यस पश्चात भने कुनै पनि पालिकाले न आर्थिक सहयोग गरे, न समन्वय नै । स्थानीय तहहरुले विपद् व्यवस्थापनका लागि विनियोजित बजेटबाट पनि यो आकस्मिक सेवालाई सहयोग गर्न सकिन्छ तर कसैको पनि ध्यान रेडक्रस र रक्तसञ्चार सेवा तर्फ गम्भीरताका साथ गएको देखिदैन ।

डडेल्धुरा अस्पतालमा वार्षिक हजारौं सेवाग्राही आउँछन ति मध्ये जटिल बिरामी र आर्थिक अभाव भएकाले अस्पतालबाट माग भए बमोजिम रगततत्व छुट्याएर सेवाग्राहीलाई निःशुल्क प्रदान गरिरहेको कारण गर्भवती सुत्केरी र दुर्घटनामा परेकालगायतका बिरामीको ज्यान जोगाउन सफल भएको छ ।

सोसाईटीले पहाडी जिल्लाहरुका अस्पतालमा नभएको सेवा बिस्तार गर्दै रक्तसञ्चार सेवालाई स्तरोन्नती गर्न बिभिन्न तापक्रम अनुसारको भण्डारण र रगत तत्व बर्गिकरण गर्ने कम्पोनेन्ट मसिन र उपकरणहरु जडान गरेको छ ।

सेवाको कठिनाईलाई गम्भीरताका साथ लिई अत्यावश्यक उपचार सेवा लिन डडेल्धुरा आई पुग्ने बिरामीले भोग्नु पर्ने पिडा र समस्यालाई सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *