पैसाको अभावमा उपचारबाट वञ्चित नहुने कार्यविधि बनाइरहेका छौँ : स्वास्थ्य राज्यमन्त्री कार्की

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए पनि लागू हुन नसकेको बताउनुभयो । तर, स्वास्थ्यलाई मौलिक हकको रूपमा सुनिश्चित गर्नका लागि थप रणनीति र कार्यविधि बनाउन लागेको उहाँको भनाइ छ । ‘आजसम्म आकस्मिक सेवा सुनिश्चित भइनसकेको छैन । त्यसलाई सुनिश्चित गर्नका लागि आपत्कालीन तथा आकस्मिक स्वास्थ्य सेवाका रणनीति कार्यविधि बनाउँदै छौँ,’ डा. कार्कीले भन्नुभयो, ‘अस्पतालले पहिला आकस्मिक सेवामा उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसपछि कुन–कुन प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा हामीले अभ्यास गरिरहेका छौँ ।’

अस्पताललले स्वास्थ्य सेवा लिँदा फर्म भराउने अनि मात्रै उपचार गर्ने प्रक्रिया रहेको भन्दै त्यसलाई अन्त्य गरिने गर्नका लागि प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी, स्वास्थ राज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजना बारे पनि चर्चा गर्नुभयो । गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पुर्‍याउने भनी कार्ययोजना बनाइरहेको उहाँको भनाइ छ । त्यस्तै, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, शिशु तथा मात्तृमृत्युदर कम गर्न सरकारले लिएको दिगो विकास लक्ष्य सफल बनाउन अभ्यास गरिरहेको उहाँले बताउनुभयो ।

‘आकस्मिक सेवालाई चुस्त बनाउनका लागि एकीकृत एम्बुलेन्स स्थायी योजनालाई अगाडी बढाएका छौं । देशभर सञ्चालनमा आएका सरकारी र सामुदायिक संस्थायी योजनालाई अगाडी बढाएका छौं । देशभर सञ्चालनमा आएका सरकारी र सामुदायिक संघसंस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सलाई सेन्टल पुलमा समेट्छौं,’ उहाँले भन्नुभयो, ‘कुनै पनि ठाउँमा एम्बुलेन्सको आवश्यक परेमा हटलाइन डायल गर्ने बित्तिकै एम्बुलेन्स सेवा सहज रुपमा लिन सकिने छ ।’ साथै, स्वास्थ्यमा बजेट कम भएकाले त्यसलाई बढाउनका लागि प्रयास गर्ने कार्कीले बताउनुभयो । डा. गोविन्द केसीले उठाउनुभएका मागहरू सडकबाट पनि उठाएको र सदनबाट पनि मागलाई सम्बोधन गर्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

सञ्चारमाध्यमले किन राम्रा समाचार प्रशारण गरेनन्
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमहरूले आफ्नो बिरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सञ्चारकर्मीहरूले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो आशय व्यक्त गर्नुभएको हो । सञ्चारकर्मीहरूको दुई जना मन्त्रीहरूले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने प्रश्नमा उहाँले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरू, क्याथ ल्याबमा आवश्यक भएका कुराहरू, सेवा विकेन्द्रीकरणका कुराहरू, दरबन्दीका इस्युजहरूका धेरै कुराहरू उठेपनि नराम्रो कामको प्रकाशन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

राज्यमन्त्री कार्कीले सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका आफूले कुरा उठाएपनि त्यसको समाचार नबनेको तर रिबन काटेको समाचारलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले सत्य र सही सूचना प्रवाह गरेको खण्डमा मात्रै देशमा सुशासन कायम हुने बताउनु भयो । माघको पहिलो साता वीर अस्पतालले शुरु गरेको ल्याब सेवा उद्घाटन कार्यक्रममा एउटै कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले सँगसँगै गर्नुभएको थियो । मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुई वटा अलग अलग रिबन काटेसँगै सामाजिक सञ्जालमा त्यसको बिरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *