सनराइजको चेतनामूलक भिडियो

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकले कुशल नामक चेतनामूलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई हस्तान्तरण गरेको छ । बैंकले हाल समाजमा देखिएका घटनालाई उदाहरण बनाई बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानी समेटेर भिडियो बनाएको हो ।

बुधबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT

भिडियोमा हाल समाजमा देखिएका घटनालाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षासम्बन्धी चेतनामूलक जानकारी, घटना र कथामार्फत् प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताउनुभएको छ । भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशैभर पुर्‍याउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज