काठमाडौं । नेपालस्थित फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले बिक्रीपछिको आधुनिक सुविधा तथा पार्टपूर्जाको सेवा दिने उद्देश्यका साथ अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
यसअघि चाउथेमा सञ्चालित फोर्स मोर्टसको शोरुम सञ्चालनमा आइसकेको छ । कम्पनीका अनुसार करिब सात रोपनीमा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्रीपछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो-छरितो र आधुनिक सेवा दिने उद्देश्यका साथ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले बताउनुभयो । कम्पनीले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री गर्दै आएको छ भने फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रोबस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts