सरकारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल

Read Time = 3 mins

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमइ क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गर्नुभयो ।

उहाँले निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गइरहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘एसएमइ जहाँ धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि यसको विकास राम्रोसँग हुन सकेको छैन । एसएमइको विकासले एलडिसी ग्रेजुएशनमा सहयोग गर्नेछ । निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन । वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसावमा काम भएको छ । तरलता र इन्ट्रेस्ट घटनेकुराहरु भनौँ सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रुपमा काम भइरहेको छ । मन्त्रीज्युले निजी क्षेत्रलाई हेर्ने र सुधार गर्ने कामहरुलाई ध्यान दिनुहुनेछ । सरोकारवालाहरुको व्यवहारिक रुपमा नीति निर्माण गर्ने कुरामा हामी विश्वस्त छौँ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?