बेलायतका पूर्वप्रधानमन्त्री बोरिस युक्रेनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन युक्रेन भ्रमणमा गएका छन् । उनले राजधानी किभका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।

आइतबार उनले शहरको बाहिरी भागको भ्रमण गरेका थिए । उनी किभ पुग्दा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र केही मन्त्रीहरूले उनलाई स्वागत गरेका थिए ।

ADVERTISEMENT

कन्जरभेटिभ पार्टीका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री जोनसनले राष्ट्रपति जेलेन्स्कीको निमन्त्रणामा युक्रेन भ्रमण गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन् ।

बोरिस जोनसनले राजधानी किभको उत्तरपश्चिममा रहेको बुचा र बोरोडिका सहरहरूको पनि भ्रमण गरेका थिए। जुन गत वर्ष मार्चमा रूसी सेनाले कब्जा गरेका थिए। यहाँ कयौं सर्वसाधारणले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?