काठमाडौं । स्वादका लागि होइन, दिमागले खाऊँ भन्ने नाराका साथ माघेसंक्रान्ति तथा जैविक विविधता दिवसका अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रालिद्वारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको सातदिने खाना महोत्सव सम्पन्न भएको छ । माघ १ गते बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभएको महोत्सवको समापन राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्नुभएको थियो । सो अवसरमा उहाँले मौलिक भान्छाले आयोजना गरेको मौलिक र रैथाने खानाको महोत्सव उदाहरणीय काम भएको भन्दै परिषद्को सहयोग रहने र सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले राज्यले गर्नुपर्ने काम एउटा निजी क्षेत्रले सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै मन्त्रालय र व्यक्तिरूपमा पनि गर्नुपर्ने साथ र सहयोग जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा चाडपर्वमा खाइने मौलिक खाना स्वाद प्रवद्र्धकका साथै स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा समावेश हुँदा स्वदेशी उत्पादन र बजारीकरणमा सकारात्मक सन्देश जान्छ ।’
कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायणकुमार श्रेष्ठले मौलिक भान्छाघर र मौलिक बजारको प्रयासले अब किसानले उत्पादन गरेको वस्तुको बजार समस्या नहुने दाबी गर्नुभयो । रैथाने तथा मौलिक खानाले स्वाद र स्वास्थ्यका साथै कृषि उत्पादनसमेत प्रवद्र्धन हुने भएकाले ज्ञान केन्द्रले उच्च प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो । महोत्सवको छ सय ५० जनाले अवलोकन गरेको आयोजक सुमन दाहालले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाका परिकारको स्टल राखिएको थियो भने एक सेट खाना निःशुल्क चखाउने व्यवस्थासमेत गरिएको थियो । कार्यक्रम बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानीलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले आयोजना गरेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts