बेलायती प्रधानमन्त्री सुनकलाई ५० पाउण्ड जरिवाना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लन्डन । बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए । ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई ५० पाउण्ड जरिवाना गरेको हो ।

ADVERTISEMENT

‘लन्काशायरमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएका लन्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ । यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज