सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुभएकाे छ । शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएकाे हाे ।

घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गर्नुभएकाे छ । उहाँ बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित हुनुभएकाे थियाे । घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत हुनुहुन्थ्याे । उहाँले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?