सार्वजनिक यातायातको भाडा वृद्धि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १० गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै भाडा वृद्धि भएको जानकारी गराएको हो ।

विभागले सार्वजनिक यातायातको दुई दशमलव एकदेखि तीन प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ । जसमा यात्रुवाहक सवारीसाधनको भाडामा दुई दशमलव एक, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा दुई दशमलव सात र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा तीन प्रतिशत वृद्धि गरेको छ । यातायातको भाडा वृद्धि गर्नुपर्ने मुख्य कारणमा विभागले डिजेलको मूल्यवृद्धि हुनुलाई जनाएको छ ।

ADVERTISEMENT

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य पाँच प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *