काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५८औँ वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालय तथा विभिन्न प्रादेशिक कार्यालयमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरू गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा एक सय ४२ जनाले रक्तदान गरेका छन् ।
बैंकको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमा भएको रक्तदानमा ६१, मधेश प्रादेशिक कार्यालय वीरगञ्जमा भएको रक्तदानमा ४१, गण्डकी प्रादेशिक कार्यालय पोखरामा भएको रक्तदानमा ७०, लुम्बिनी प्रादेशिक कार्यालय नेपालगञ्जमा भएको रक्तदानमा ४२, कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा भएको रक्तदानमा ४२, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा भएको रक्तदानमा ३२ गरी कुल चार सय ३० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements