४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा राज्यले सन्तुष्टि लिन हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

Read Time = 7 mins

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताउनुभएको छ ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताउनुभएको हो ।

उहाँले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको बताउनु भयो । उहाँले सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको बताउनु भयो ।

पूर्वअर्थमन्त्री खतिवडाले रनवेबाट बाहिर गएको जहाजलाई राष्ट्र बैंकले सही ठाउँमा ल्याउन प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले दुई÷तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको बताउनु भयो । उहाँले ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी वृद्धि,निर्यात र उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो,‘ नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो । धेरै चोटि बम्पिङ भएको हो । सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ । राष्ट्र बैंकले एकातिरबाट तान्यो त्यही पनि असन्तुलन भइरहेको छ । अकोए दुईवटा चक्कासँगै तान्नुपर्ने भएको छ । रनवेमा ल्याइसकेपछि अनि टेकअफ गर्नुपर्ने कुरा आउँछ । टेकअफ गर्ने कुरामा हेड विङ विश्वको अर्थतन्त्र कता गइरहेको छ लगायतका कुराले हेड विङलाई त्यति धेरै समस्या छैन । त्यसलाई मैले त्यति ठूलो मानेको छैन । इन्जिनहरु ठिक हुँदा अर्थतन्त्रको जहाज सही गति र दिशामा पनि उठ्छ । अहिले रनवे ट्रयाक छोडेपछि हामी जिरो स्पीडमा रहेका छौं लगभग । तर यसलाई गति दिन सकिन्छ । अहिले नेपालको अर्थतन्त्र जहाज रनवेमा पनि शुन्यमा पुगेको अवस्था छ । त्यो केले देखाउँछ भन्दा मुलुकमा उत्पादनको गति र अहिले ८ प्रतिशतको आर्थिक वृद्धिका कुरा गरिएको छ । अहिले ५ प्रतिशत भयो भने पनि ठूलो कुरा हो । उत्पादन उद्योगहरु ५० प्रतिशत भन्दा कम क्षमतामा चलिरहेका छन् । निर्माण उद्योग ३५ प्रतिशत क्षमतामा चलेका छन् । सेवाको माग घट्न थालेको छ । उद्योगीहरु बजारमा तरलताको अभावले उद्योग क्षेत्रमा लगानी गर्न दुई तिहाई उद्यागीहरु लगानी गर्न पछाडि हटेका छन् । हामीलाई आवश्यकता भनेको उत्पादन वृद्धि रोजगारी सिर्जना,निर्यात वृद्धि हो । तर २० प्रतिशतले आयात घटेर भुक्तानी सन्तुलन भएको छ । आयात २० प्रतिशत भन्दा बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात घटेर भएको छ । त्यसको असर उत्पादन,रोजगारी,निर्यातमा पर्दैछ । ४५ अर्बले विदेशी मुद्रा सञ्चिति बढ्यो भनेर सन्तुष्टि लिनुपर्ने अवस्था छैन । अवस्था चुनौतिपूर्ण रहेको छ । आयात १२ देखि १५ प्रतिशतले बढ्ने स्थिति आयो भने भुक्तानी सन्तुलन फेरि बिग्रँदै छ ।’

उहाँले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताउनु भयो । उहाँले ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको बताउनु भयो । खतिवडाले पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढीरहेको बताउनु भयो । उहाँले चालु पुँजी कर्जा लिने र स्थिर पुँजीमा लगानी गर्दा समस्या आएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले घरजग्गा कारोबार र निर्माण व्यवसाय क्षेत्रको कर्जा खुकुलो गर्नुपर्ने बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले निर्माणजन्य वस्तुहरुको व्यापार बढाउनको लागि भएपनि निर्माण क्षेत्रको कर्जा सहज बनाउनुपर्ने बताउनु भयो ।

पूर्वअर्थमन्त्री खतिवडाले वर्षौंसम्म अवैध रुपमा चल्ने गिटी, बालुवा, क्रसर तिब्र निर्माणको समयमा बन्द गर्न नहुने बताउनु भयो । उहाँले निर्माण गर्ने समयमा क्रसर उद्योग बन्द गराएर ठेकेदारले समयमा काम सम्पन्न गरेन भन्न नमिल्ने बताउनु भयो । उहाँले सरकारले क्रसर उद्योगका समस्या किस्ताकिस्तामा समाधान गर्नुपर्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज