सोलार फार्म लिमिटेडकाे साधारण शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Read Time = 2 mins

काठमाण्डौ । सोलार फार्म लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा सोलार फार्म लिमिटेडकातर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री आषबहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गर्नुभयो ।

ADVERTISEMENT

सोलार फार्म लिमिटेडको अधिकृत पूँजी रु. ६५करोड रूपैयाँ, जारी पूँजी रु. ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ४५ करोड रूपैयाँ रहेको छ ।

नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका बडा नं.५ बेलचौतारामा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज