गर्भवतीको अल्ट्रासाउन्डबाट गाउँमै चेकजाँच

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दुुर्गम स्वास्थ्य चौकीमा १०६ जना गर्भवती महिलाको अल्ट्रासाउन्डबाट चेकजाँच गरिएको हो । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेको बेला जिल्ला अस्पतालको दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउन्डबाट गर्भ जाँच गर्ने कार्य भएका हो ।

जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको तीनवटा स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड मेसिनबाट गर्भजाँच गरिएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । अनमी बोहराका अनुसार, आफू संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा गर्भवती महिलाको उक्त मेसिनबाट चेकजाँच गर्ने भएको बताउनुभयो ।

सर्केगाड गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा गर्भवतीको सो विधिबाट गर्भजाँच गरिएको थियो । चार दिनमा १०६ जनाभन्दा बढी गर्भवतीको अल्ट्रासाउन्डबाट चेकजाँच गरेको बोहराले बताउनुभयो । अल्ट्रासाउन्ड गर्ने क्रममा ११ जना गर्भवतीको पाठेघर खसेको र दुुई जनाको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाई थियो । रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाड ३० र रिपको लिप्ने स्वास्थ्यचौकीबाट २६ जना गरेर १०६ जनाको उपचार गरिएको हो ।

ADVERTISEMENT

आज (साेमबार) खार्पुनाथ गाउँपालिकामा रहेका गर्भवती महिलाको अल्ट्रासाउन्डबाट गर्भजाँच गरिने भएको सिनियर अनमी बोहराले बताउनुभयो ।

पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पताल आउन सुुझाव दिइएको छ । समयमै ती गर्भवतीको चेकजाँच भएकाले पछि हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको हो ।

अल्ट्रासाउन्डबाट गर्भवतीको चेकजाँच गर्ने उपचार विधि नभएपछि सर्केगार्ड गाउँपालिकाले वरिष्ठ अनमी बोहरालाई जिल्लाबाट झिकाएर चेकजाँचका लागि समन्वय गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवतीको गर्भ वास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउन्ड गर्नुपरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *