‘गाभी’सँग थप १५ लाख मात्रा खोप माग गर्दै पत्र

Read Time = 3 mins

काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) लाई औपचारिक रुपमा पत्र पठाएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’ लाईपत्र पठाइएको जानकारी दिनुभयो । यसअघि पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो ।

उक्त पत्रानुसार गाभीले आगामी माघ १९ गते १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ । “बुस्टर डोजका लागि १५ लाख मात्रा खोपले मात्र नपुगेपछि थप १५ लाख मात्रा खोपका लागि आजै हामीले गाभीसँग माग राखी पत्र पठाएको छौँ”, उहाँले भन्नुभयो, “गाभीले खोपबारे चाँडै नै जानकारी गराउने छ ।”

ADVERTISEMENT

गाभीले कोभ्याक्स सुविधामार्फत नेपालले बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप ल्याउन थालिएको हो । बुस्टर डोजका लागि मात्र ३० लाख मात्रा खोप आउने छ । छिमेकीमुलुक भारत र चीनमा विएफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज