काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औँ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।
पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो । इसिएमबाहेक कम्पनीले विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरू जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज ¥याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्छ ।
पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौंका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ । पानासोनिक लाइफ सोलुसन्स इण्डियाको साझेदार नेपालस्थित रुक्मिणी इन्टरनेशनलका आदित्य बुधियाले भन्नुभयो, ‘रुक्मिणी इन्टरनेशनल प्रालि पानासोनिक लाइफ सोलुसन्स इण्डियाको नयाँ साझेदारीबाट निकै उत्साहित छ ।
प्यानासोनिक लक्जरी किचेन एसियाली आवासका लागि निकै उपयोगी छन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकको माग पूरा गर्नेछ । हामी यसका ब्राण्डका लागि ठूलो अपेक्षासाथ आएका छौँ ।’ पानासोनिक लाइफ सोलुसन्स इण्डिया विगतमा एंकर इलेक्ट्रिकल्स प्रालिका रूपमा रहेको थियो । पानासोनिक होल्डिङ कर्पोरेसन जापानको पूर्ण स्वामित्वको सहायक कम्पनी हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements