काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले तोकेको न्यूनतम मूल्य हो ।
कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ३० रुपैयाँ रहेको छ ।
यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ९०, तिते करेला ११० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी १०० रूपैयाँ, लौका ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts