तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो ।

ADVERTISEMENT

आज (सोमबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *