चिनियाँ राजदूत चन सोङ काठमाडौंमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चन सोङ कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नुभएको छ । आइतबार काठमाडौं आइपुग्नुभएका उहाँले नेपाल-चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ उचाइमा पु¥याउन भूमिका खेल्ने बताउनुभएको छ । नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुवै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभएको छ ।

निवर्तमान चिनियाँ राजदूत होउ यान्छी कार्यकाल समाप्त भएर चीन फर्किएपछि उहाँ नयाँ राजदूतका रूपमा नेपाल आइपुग्नु भएको हो । उहाँ नेपालका लागि २२औँ चिनियाँ राजदूत हुनुहुन्छ । ‘नेपालमा २२औँ चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु मेरो लागि सौभाग्य र ठूलो सम्मानको कुरा हो । आज काठमाडौं आइपुगेको, यहाँको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर म छक्क परेँ र जनताको दया र न्यानोपनबाट प्रभावित भएँ’, सोङले भन्नुभएको छ ।

ADVERTISEMENT

राजदूत सोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालसँग नजिक रहेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा सबै पक्षसँग नजिकको सम्बन्ध बनाउँदै काम गर्न तत्पर छु । ज्ञान तथा शक्तिलाई साथमा लिएर दुवै देशका जनताको लाभका लागि काम गर्नेछु । विकास तथा समृद्धिका लागि चीरस्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय संयुक्त रूपमा लेख्नेछौँ ।’

राजदूत सोङले नेपालको मौलिक अपेक्षा, मित्रताको धरोहर, साझा विकास खोज्ने संयुक्त कार्य र नयाँ युगको साझा भविष्यका लागि नेपाल–चीनबीच निकट सम्बन्ध विकासका लागि चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँ यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?