युद्धविराममा समेत युक्रेनमाथि रुसको हमला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मस्को। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा ३६ घण्टे युद्धविरामको घोषणा गरेपनि डोनेत्स्क शहरमा हमला भएको छ । युक्रेनले यसअघि नै पुटिनको युद्धविराम घोषणाप्रति अविश्वास प्रकट गर्दै आएको थियो ।

युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जिकीर गरेका थिए ।

ADVERTISEMENT

रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपील अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका थिए । रुसी अर्थोडक्स गिर्जाघरले जनवरी ७ तारिख आज (शनिबार) क्रिसमस मनाउने गरेको छ ।

रुसद्वारा एकतर्फी रूपमा आह्वान गरिएको युद्धविरामको पालना युद्धग्रस्त क्षेत्रमा नभएको जनाइएको छ । युद्धग्रस्त क्षेत्रमा भएका आक्रमणमा रुसी र युक्रेनी पक्षले एक/अर्कालाई पहिले हमला सुरु गरेको आरोप लगाएका छन् । रुसी हमलामा परेर एक जना युक्रेनी उद्धारकर्ताको मृत्यु भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज