फागुनमा व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

Read Time = 3 mins

काठमाडौं । नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ र मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने नाराका साथ १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्रांगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ । स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोनाका कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यसपटक फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताउनुभयो ।

ADVERTISEMENT

अध्यक्ष सिंहले भन्नुभयो, ‘हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्था उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबी, बिटुस, बिटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।’ मेलामा सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको समेत सहभागिता रहने बताइएको छ । मेलामा दुई सयवटा स्टल रहने आयोजकले जनाएको छ ।

सहजरूपमा अर्गानिक उत्पादन उपलब्ध गराउने उद्देश्यका साथ अर्गानिक एसोसिएसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनको छुट्टै प्याभिलियनसमेत रहने बताइएको छ । महासंघको आयोजनामा हुने मेलाको सहआयोजकमा अर्गानिक एसोसिएसन अफ नेपाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश सरकारलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज