पाँच अर्बभन्दा बढीको सेयर कारोबार

Read Time = 4 mins

काठमडौं । नयाँ सरकारसँगै निरन्तर बढ्दोक्रममा रहेको सेयर बजारमा बिहीबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले अघिल्लो दिन बुधबार चालु पुँजी कर्जा मार्गदर्शन सार्वजनिक गरेपछि बिहीबार १८.०९ अंकले बढेको बजारमा नौ कपनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका दुई सय ५९ मध्ये एक सय ४७ कम्पनीको सेयरमूल्य बढेको छ । दुई सय ५९ कम्पनीका एक करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता सेयर पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ रुपैयाँमा कारोबार भएको हो, बुधबारको तुलनामा कारोबार रकम एक अर्ब ५४ करोडले बढेको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.६१ प्रतिशतले बढेर ४१११.२३ अंकमा पुगेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये बैंकिङ र अन्य बाहेक ११ वटाको बढेको छ भने चन्द्रागिरि हिल्सको सेयरमूल्यमा सर्किट लागेको छ । होटल तथा पर्यटनमूलकको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ । लगानी, उत्पादन तथा प्रशोधनमूलक तीन प्रतिशतभन्दा बढी, फाइनान्स र व्यापार दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, इस्टर्न हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको सेयरमूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईमूल्य सर्वाधिक ३.०३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त २.८८, नारायणी डेभलपमेन्ट बैंक २.८२, नेपाल एसबिआई डिबेञ्चर २०८६ को मूल्य २.७० र प्रभु इन्स्योरेन्सको २.४६ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा शीर्षस्थानमा रहेको हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने रिडी पावर कम्पनीको २१ करोड ४१ लाख आठ हजार, हिमालय दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७८ हजार, एनआइसी एसिया बैंकको ११ करोड ८४ लाख ४४ हजार र नेपाल पुनर्बीमा कम्पनीको १० करोड दुई लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । बिहीबार समग्र बजार पुँजीकरण ३१ खर्ब एक अर्ब ४४ करोड एक लाख पुगेको छ । बुधबारमात्रै २६ अर्ब ७० करोडले बजार पुँजीकरण बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज