पेरिस । विवादास्पद पत्रिका चार्ली हेब्दोले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चित्रण गर्ने कार्टुन प्रकाशित गरेपछि इरानले फ्रान्सलाई चेतावनी दिएको छ ।
इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले ट्वीटरमा फ्रान्सलाई निर्णायक जवाफ दिने चेतावनी दिएका छन् ।
‘धार्मिक र राजनीतिक अख्तियारविरुद्ध कार्टुन प्रकाशित गर्ने फ्रान्सेली प्रकाशनको अपमानजनक र अशोभनीय कार्य प्रभावकारी र निर्णायक प्रतिक्रिया बिना जानेछैन’, ट्वीटमा भनिएको छ ।
उनले अगाडि भनेका छन्, ‘हामी फ्रान्सेली सरकारलाई आफ्नो कार्पेटमा पाइला टेक्न दिनेछैनौं । उनीहरूले निश्चित रूपमा गलत बाटो रोजेका छन् । यसअघि हामीले यो प्रकाशनलाई प्रतिबन्धहरूको सूचीमा समावेश गरेका थियौँ ।’
विवाद चर्किएपछि इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस विषयमा फ्रान्सेली राजदूत निकोलस रोचेलाई बोलाइएको जानकारी दिए । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच