५९ कर्मचारीलाई ग्लोबलको सम्मान

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवका अवसरमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा सेवारत कर्मचारीलाई सम्मान गर्नुभएको हो ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले उत्कृष्ट बैंक बनाउन आफ्नातर्फबाट गर्नुभएको विशेष योगदानका लागि सबै कर्मचारीलाई धन्यवाद दिँदै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रहसमेत गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अघि बढेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज