प्रभु बैंकले हाब्रेलाई आहारा उपलब्ध गराउने

Read Time = 1 min

काठमाडौं । प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकले सदर चिडियाखानामा रहेका रातो हाब्रेलाई एक वर्षका लागि आहारा उपलब्ध गराउने छ ।

प्रभु बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र कोषतर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई हाब्रेलाई आहाराको व्यवस्था गरेको हो ।

ADVERTISEMENT

सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षण क्षेत्रमा विशेष योगदान पुग्ने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?