डा. वाग्लेको ‘अतृप्त अवसर’

Read Time = 3 mins

काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको नयाँ पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक भएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका वाग्लेको आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुस्तक फाइनप्रिन्ट प्रकाशनले सार्वजनिक गरेको हो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. उषा झा, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र लेखक वाग्लेले संयुक्तरूपमा पुस्तकको विमोचन गर्नुभएको थियो । पुस्तकमा वाग्लेका समसामयिक विषयमा लेखिएका अखबारी लेख तथा अन्तर्वार्ता समेटिएका छन् ।

सो अवसरमा योजना आयोगकी पूर्वसदस्य समाजशास्त्री उषा झाले पाँच वर्षको काम सोचेर योजना बनाउँदैमा विकास नहुने भन्दै दिगो विकासका लागि कम्तीमा २५ वर्षको योजना निर्माण गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिनसके आर्थिक विकास र मानव संशाधन विकासमा सघाउ पुग्ने उहाँको भनाइ थियो ।

ADVERTISEMENT

पुस्तकका लेखक डा. वाग्लेले विगतमा नेकपाको सरकारसँग धेरै अवसर हुँदाहुँदै काम गर्न नसकेको भन्दै कुर्सीमा जाने मात्रै नभई विकासको खाका पहिलेदेखि नै तयार गरेर राजनीतिक पार्टीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको सरकारले सुरुको वर्ष स्थिरताका सवालमा केही राम्रा कुरा गरेको हो ।

अर्को वर्ष असाधारण अवसरमा उपलब्धि औसत भयो, मैले मेरो किताबमा उल्लेख गरेको छु, तेस्रो वर्ष अस्थिरताले काम भएन, सबै क्षेत्रमा धावा बोल्ने काममात्रै भयो ।’ कुर्सीमात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार आवश्यक हुने उहाँले बताउनुभयो । कांग्रेस नेता गगन थापाले दलमा तयारी नपुग्दा सरकारमा पुगेपछि कसरी कुर्सी जोगाउने र कसरी सरकार बदल्ने भन्ने खेलमा मात्रै ध्यान पुग्ने गरेको भन्दै दलहरू सच्चिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?