काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गर्नुभएको छ ।
देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गर्नुभएकाे हाे ।
देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित हुनु भएको थियो।
कांग्रेसमा अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।







