गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सेनेगल । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए ।

न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन् । सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ ।

ADVERTISEMENT

अनलाइनमा व्यापक रूपमा सेयर गरिएको भिडियोमा साम्ब १ डिसेम्बरमा नियमित बजेट बहसको क्रममा एनडियाई तर्फ हिँड्दै र उनलाई थप्पड हानेको देखिन्छन । त्यसपछि उनले कुर्सी हानेर बदला लिन्छिन्, तर तत्कालै अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेका थिए । त्यसपछि अन्य सांसदहरूले स्थिति शान्त पार्न खोज्दा झडप भएको थियो ।

सत्तारुढ बेन्नो बोक याकार गठबन्धनकी सदस्य एनडियाई आक्रमणपछि संसदमा बेहोस भइन् र उनले बच्चा गुमाउने डर बढेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी हाल कठिन अवस्थामा रहेकी उनका वकिलले बताए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?