बैंकिङ् नीतिका कारण उद्योगी व्यवसायी ठूलो समस्यामा : व्यवहारिक बनिदिन आग्रह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

बुटवल । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन तथा बैंकिङ नीतिले उद्योगी व्यवसायीहरु ‘गर या मर’को अवस्थामा पुगेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन-२०७९ तथा बैंकिङ नीति सम्बन्धमा सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले त्यसका कारण आफूहरुको घरबास मात्रै नभएर जीवन नै जोखिममा परेको बताएका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई नियन्त्रणमा राख्न पनि आग्रह गरेका थिए ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पँुजी कर्जा मार्गदर्शन तथा बैंकिङ नीतिका विरुद्ध आन्दोलनरत यहाँका व्यवसायिक संस्थाहरु बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहादल सरोकार संघले संयुक्त रुपमा बैंकर तथा व्यवसायीहरुका विचमा अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

अन्तरक्रियामा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन, तरलता अभाव तथा उच्च विन्दुमा पुगेको व्याजदरका कारण आफूहरु मारमा परेको बताउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई व्यवहारिक बनिदिन आग्रह गरे । उनीहरुले पुस मसान्त सम्म तिर्नुपर्ने रकमलाई असार मसान्त सम्म म्याद थप गरिदिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक रञ्जना पण्डित पौडेलले लगानी योग्य साधनको माग बढी हुँदा व्याजदर बढ्नु, र त्यसको माग घट्दा व्याजदर पनि घट्नु स्वभाविक भएको भनाई राख्नुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाहरुले अध्ययन नगरी जथाभावि लगानी गर्दा समस्या आएको बताउँदै प्रोजेक्ट वेसमा लगानी गर्नुपर्ने भनाइ राख्नुभयो ।

ADVERTISEMENT

त्यस्तैगरी नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संस्थाहरुसंग छलफल गरेर ल्याएको बताउँदै यसले तत्काललाई केही समस्या देखिएपनि दीर्घकालमा उद्योगी व्यवसायीहरुलाई नै राम्रो हुने भनाइ राख्नुभयो ।

त्यस्तै नेपाल बैंकर एशोसियशन लुम्बिनीका संयोजक नविन थापाले बैंकले गरेको कर्जा प्रवाह विजनेशमा भन्दा बाहिर गएकाले अहिलेको समस्या आएको भनाइ राख्नुभयो । उहाँले विजनेशको लागि कर्जा विजनेशमै लगानी गरेकालाई अहिले पनि त्यति धेरै समस्या नआएको बताउँदै विजनेशको लागि लिएको पैसा अन्य ठाउँमा लगानी गर्दा समस्या आएको बताउनु भएको हो । उहाँले अव बैंक तथा वित्तिय संस्थामा व्याजदर घट्ने बताउनु भयो । उहाँले १÷२ महिना भित्रै व्याज घट्न सुरु हुने र बैशाख/जेठ देखि देखिनेगरी व्याजदर घट्ने भनाइ राख्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले तरलता अभावले आफूहरुको उद्योग धन्दा नै धारासायी भएका बेला नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनले उद्योगी व्यवसायीको घाँटी समाउने काम भएको भनाई राख्नुभयो । उहाँले पुस मसान्तसम्म तिर्नु पर्ने रकमलाई असार मसान्तसम्म म्याद थप गरिदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे घरबहाल सरोकार संघका निवर्तमान अध्यक्ष शंकर कोईराला, संघका महासचिव विमलराज भट्टराई लगायतले उद्योगी व्यवसायीलाई असजिलो र अफ्ठ्यारो परेको भन्दा बैंक तथा वित्तिय संस्थाहरुलाई व्यवहारिक बनिदिन र समस्या समाधानको लागि सहजिकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज