काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार एमाले अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुग्नुभएको थियो ।
दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।
दुई नेताबीच शक्ति सन्तुलन र समसायीक राजनीतिक विषयमा कुरा भएको अनुमान गरिएको छ ।
एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । प्रचण्डसँग नेसपा अध्यक्ष भट्टराई पछिल्लो समय नजिक हुनु भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता